काठमाडौं । सत्ता गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे निष्कर्षमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।
एमसीसी सम्झौता संसदबाट पारित गर्ने सम्बन्धमा सत्ता गठबन्धनका दलहरुबीच मै विवाद भएपछि आज (आइतबार)को सर्वदलीय बैठक निष्कर्षविहीन भएको थियो ।