काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आफू राजनीतिमा सानो चित्त र फिस्टे छाती लिएर आएको मान्छे नभएको बताएका छन् ।
राप्रपा जिल्ला कमिटीद्वारा बिर्तामोडमा आयोजित बधाई तथा शुभकामना एवम् बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् ।
अध्यक्ष लिङदेनले बृहत कार्यकर्ताका सामु जोड दिँदै भने आफू कांग्रेस कम्युनिष्टलाई पनि मिलाएर हिड्ने मान्छे भएको बताए । उनले हिजो आफूलाई भोट नदिने हजारौंलाई राप्रपामा प्रवेश गराएर आफ्नो बनाएर हिड्न सक्ने मान्छे राप्रपाको आन्तरिक चुनावमा कस्ले मलाई भोट दियो दिएन भनेर आफू हेरेर नबस्ने बताए ।