काठमाडौं । मिस वर्ल्ड ग्रान्ड फिनाले स्थगित भएको छ । पुएर्टो रिकोमा आज हुने लागेको मिस वल्ड ग्रान्ड फिनाले ९० दिनका लागि स्थगित भएको हो ।
प्रतियोगीताका प्रतियोगी, आयोजक र कर्मचारीमाहरुमा कोरना भाइरसको संक्रमण भेटिएपछि प्रतियोगिता स्थगित गरीएको आयोजकले जनाएको छ । नेपालबाट मिस वल्र्ड प्रतिस्पर्धामा मिस नेपाल नम्रता श्रेष्ठ सहभागी भएकी छन् ।
मिस वल्ड प्रतियोगीतास्थलमा सात जना प्रतिस्पर्धीलाई कोरना संक्रमण भेटिएपछि स्वास्थ्य विभागले कार्यक्रम रोक्न निर्देशन दिएको बताइएको छ ।
कोरोना संंक्रमण डे«सीङ रुमबाट फैलिएको हो । कोही संक्रमितलाई आइसोलेसनमा समेत राखीएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रतियोगीता ९० दिन सम्मका लागी स्थगित गरीएको हो । कोरोना परिक्षण पश्चात प्रतिपर्धीहरुलाई स्वदेश र्फकाइने छ ।