काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणन आजै सुरु हुने भएको छ । अन्य पदाधिकरीका मतपेटिका चुनावकै दिन सोमबार राति पार्टीको केन्द्रीय कार्यालयमा राखिएको छ ।
आजबाट मत गणना सुरु भई आगामी पुस ५ गतेसम्म सबै मत परिणाम आइसक्ने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार राति ११ बजेदेखि जारी सभापतिको मतगणना बुधबार बिहान साढे २ बजे सकिएको हो । मत परिणामअनुसार प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतान्तरले हराउँदै देउवा सभापति पदमा विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार कूल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे भने कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएका छन् ।