• फाल्गुन २८ २०८२, बिहीबार

क्रान्तिकारीका अध्यक्ष गजुरेल सहित ७५ जना पक्राउ

मंसिर २८ २०७८, मंगलवार

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेललाई प्रहरीले पक्राउ गरेको छ । एमसीसी विरुद्धको आन्दोलनमा आज प्रहरीले उनीसहित झण्डै ७५ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई हाल महानरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ । हिरासतबाटै गजुरेलले दिएको जानकारी अनुसार पक्राउ परेका धेरैलाई प्रहरीले लाठीचार्ज गरेको छ ।

प्रदर्शनकारीले एमसीसी विरुद्धको आजको आन्दोलनमा संसद भवनको ४ वटै गेटमा धर्ना दिएका थिए ।