काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अवरोध नभई विरोध गरेको बताएका छन् ।
एमाले संसदीय दलको बैठकमा नेता ओलीले आवश्यक परे अवरोध पनि गर्ने बताएका हुन् ।
सरकार सरकार जस्तो नभई विनाशकारी भएको नेता ओलीको भनाई छ । उनले संसदीय दलको बैठक सम्बोधन गर्दै भनेका छन्, ‘कतिपयलाई लाग्न सक्छ संसदमा भाग लिएर आफ्नो कुरा राख्दिए हुन्छ भन्ने । विरोध गरिरहेका छौं, अवरोध गरेका छैनौं ।’ तर आवश्यक परे अवरोध गर्न पनि पछि नहट्ने उनले बताएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटा प्रतिपक्षी दल फुटाउन लागि परेको भन्दै उनले षड्यन्त्र गर्दै गए आफू निरीह नबस्ने भन्दै ओलीले चेतावनी समेत दिएका छन् ।