• फाल्गुन २८ २०८२, बिहीबार

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

मंसिर २८ २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उनको भनाइ छ । नेता ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४-५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ।’