काठमाडौं । महोत्तरीमा कोभिड-१९ विरुद्धको खोप बेच्ने दुई जना हेल्थ असिस्टेन्ट पक्राउ परेका छन् ।
स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट अजय कुमार साहसहित दुई जना २० हजार घुससहित प्रहरीले पक्राउ गरेको हो ।
हेल्थ असिस्टेन्ट साहको निर्देशनमा हेल्थ असिस्टेन्ट(विद्यार्थी) कृष्णा कुमार यादवले कोभिड-१९ विरुद्धको खोप जेन्सन एन्ड जोन्सन लगाई दिई सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग साहले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले जनकपुर उपमहानगरपालिका–७ नयाँ–बसपार्क, धनुषाबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।