• बैशाख ९ २०८२, मंगलवार

स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद,दुई जना पक्राउ

मंसिर २६ २०७८, आईतवार

वीरगन्ज । प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज–१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओम प्रकाश गुप्ता रहेका छन् ।

आइतबार दिउँसो ३ बजे वीरगन्ज–८ घण्टाघर स्थित सडक खण्डबाट प्रहरीले पक्राउ गरेको थियो ।

घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना. १६ प. ५४४६ नम्बरको मोटरसाइकलमा सवार चन्दनले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख फेला परेको प्रहरी अधिकारीले जनाएका छन् ।

कारोबारमा संलग्न रहेको आरोपमा ओमप्रकाशलाई पनि पक्राउ गरेको प्रहरीले उनीहरू दुवै जना विरुद्ध बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुर मा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।