• बैशाख ९ २०८२, मंगलवार

काँग्रेस महाधिवेशन : उम्मेदवारले मनोनयनपत्र ११ बजेसम्म फिर्ता लिन सक्ने

मंसिर २६ २०७८, आईतवार

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले विभिन्न पदमा आफ्नो मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज (आइतबार) मनोनयन दर्ता फिर्ता लिन सक्ने काँग्रेस निर्वाचनको कार्यतालिकामा छ ।

निर्वाचन समितिले जारी गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ११ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारहरूले मनोनयन गरेका थिए ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने समय गए राति १२ बजे सकिएको छ । आज बिहान ११ बजेभित्र मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समयसीमा तोकिएको छ । मतदान भने सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।