• बैशाख ९ २०८२, मंगलवार

कांग्रेस १४ औं महाधिवेशन : बन्द सत्र शुरु, तीन वटा प्रतिवेदन पेश हुँदै

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बन्द सत्र शुरु भएको छ ।

महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा शुक्रबार राति नौ बजेदेखि बन्द सत्र शुरु भएको छ ।

बन्दसत्रमा तीन वटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ । उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

कांग्रेसले यसपटक नीति अधिवेशन छुट्टै गर्ने र महाधिवेशनबाट नेतृत्व चयन मात्रै गर्ने भएकाले बन्द सत्रमा तीन प्रतिवेदन पारित भएपछि निर्वाचनको कार्यक्रम शुरु हुने नेताहरुले बताएका छन् ।

महाधिवेशनको निर्वाचन कार्यक्रम अनुसार शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।