• मंसिर १३ २०८१, बिहीबार

ओमिक्रोनबारे गाउँपालिकाका जनप्रतिनिधिहरुलाई प्रशिक्षण

मंसिर २४ २०७८, शुक्रबार

पाल्पा । नेपालमा समेत देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो जोखिमलाई मध्यनजर गरेर पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको छ ।

गाउँमा बसेर नागरिकको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको सचेता, जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तालिम प्रदान गरिएको हो।

ग्रामीण स्वाबलम्बन विकास केन्द्र काठमाडौंको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिको व्यवस्थापन , बगनासकाली गाउँपालिकाको समन्वय तथा माल्टेश्वर इन्टरनेशनल र जर्मन कोअपरेसनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले कोभिड(१९ को नयाँ भेरियन्टले पालिकामा पार्न सक्ने प्रभाव र हालको अवस्था तथा यसको जाखिम न्यूनीकरणका लागि जनप्रतिनिधिहरुको भूमिका विषयमा सहजीकरण गरेका थिए ।

बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले कोभिडको नयाँ भेरियन्टको रोकथामको लागि बनेका योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दे बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले कोभिड(१९ महामारी न्यूनीकरण र कोभिड प्रभावितहरुलाई उचित कार्यक्रम बनाएर अगाडि बढेको बताए ।