• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेसको कोष : मुद्दती खातामा १० करोड, अन्यमा २/३ करोड

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले कांग्रेसको कोषमा करिब १३ करोड रुपैयाँ रहेको बताएकी छिन् ।

पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूले चाहेअनुसार कोषलाई पारदर्शी, मितव्ययी बनाउन नसके पनि सकेसम्म पारदर्शी र मितव्ययी बनाएको जानकारी दिदै कोष अन्तर्गत मुद्दती खातामा १० करोड र अन्यमा थप दुई/तीन करोड रुपैयाँ रहेको जानकारी दिएकी छन् ।

आर्थिक प्रतिवेदन बन्दसत्रमा पेस गरिने भए पनि उद्घाटन सत्रमै उनले सामान्य जानकारी दिएको बताइन् ।

आफूलाई १३ औं महाधिवेशनमा कोषाध्यक्षको जिम्मेवारी दिएकोमा आभारसमेत प्रकट गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिइन् ।