• बैशाख ९ २०८२, मंगलवार

राजनीतिक नेताहरुलाई जनताले गाउँमा चोर भन्छन् : अध्यक्ष लिङदेन

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौँ। राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले गाउँ घरमा राजनीतिक नेताहरुलाई जनताले चोर भनेर सम्बोधन गर्ने गरेको कुरा कुरा बताएका छ। नेपाली काँग्रेसको काठमाडौँमा जारी १४ महाअधिवेशनको उदघाटन सत्रमा आफ्नो पार्टीको तर्फबाट शुभकामना मन्तव्य दिंदै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्।

२०४६ सालपछि कुनैपनि सरकारले आफ्नो पुरा कार्यकाल पुरा गर्न नसकेको साथै त्यो समयदेखि यता नेपालमा नफुटेको कुनै पनि पार्टी नभएकोले जनतामा राजनीतिप्रति वितृष्णा जागेर जनताले राजनीतिक नेताहरुलाई चोर भनेर सम्बोधन गर्ने गरेको उनले बताएका हुन्।

देशको राजनीति सहि लिगबाट बाहिर गएको उल्लेख गर्दै अध्यक्ष लिङदेनले काँग्रेसको महाअधिवेशनले राजनीतिलाई सहि लिगमा ल्याउन भूमिका खेल्न सकोस भनेर शुभकामना दिए।

देशमा राजसंस्था सहित जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको शासकीय व्यवस्था गरि पूर्ण समानुपातिक सांसद बनाएर, सांसदहरु मन्त्री बन्न नपाउने राजनीतिक व्यवस्था देशमा लागु गरे मात्रै यो देशमा राजनीति स्थिरता आउने उनले दावी गरे।