• फाल्गुन २८ २०८२, बिहीबार

भालुको पित्तसहित चार जना पक्राउ

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरोले संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) सहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पा माथागढी गाउँपालिका-५ सत्यावतीका २० वर्षीय विशाल सुनारी, पश्‍चिम रुकुम मुसीकोट नगरपालिका-१० खड्काटोलका ४६ वर्षीय हरिबहादुर खड्का, तानसेन नगरपालिका-१० गाबुडाँडाका ३२ वर्षीय टोप बहादुर राना र चन्द्र निगाहापुर नगरपालिका-५ मंगलपुर दोभानटोलका २९ वर्षीय धनबहादुर विश्वकर्मा रहेका छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका-१५ चमतीबाट संरक्षित वन्यजन्तु भालुको पित्तसहित ब्‍युरोले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंमा पठाइएको ब्‍यूरोले जनाएको छ ।