• मंसिर १८ २०८१, मंगलवार

पाक-भारत द्वन्द्व : सीमानामा थुनिएकी आमाबाट जन्मेका बालकको नाम राखियो ‘बोर्डर’

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । भारत र पाकिस्तानबीच सधैंजसो कटुता रहँदै आएको छ । राष्ट्रिय स्तरमा दुई देशबीच कटुता भएपनि ती दुई देशका नागरिककहरु एक आपसमा भने नाता सम्बन्ध जोडेर बसेको देखिन्छ । २ देश बीचको कटुतापूर्ण सम्बन्धको कारण भारत र पाकिस्तानका नागरिकहरुलाई सीमा वारपार गर्न कतिपय अवस्थामा असहजता उत्पन्न हुने गरेको छ ।

ती दुई देशबीच आवत जावतमा समस्या हुँदा हालै सीमामा फसेका एक जोडीको सीमानामै बच्चा जन्मिएको छ । सो भारत र पाकिस्तानको नो म्यान ल्याण्ड (सीमाना)मा जन्मिएको आफ्नो बच्चाको नाम नै उनीहरुले सीमाना राखेका छन् । बोर्डर शब्द अंग्रेजी भएपनि यो शब्द सामान्यतया धेरै ठाउँमा प्रयोग हुने हुनाले उनीहरुले बच्चाको नाम ‘बोर्डर’ राखेका बताइएको छ ।

घटनाक्रम अनुसार भारतबाट पाकिस्तान फिर्ता हुन लागेका मानिसहरुका विभिन्न परिवारका ९७ जना पाकिस्तानी नगारिकहरु मध्ये ४७ जना बालबच्चा सहित ७१ दिनदेखि भारत पाकिस्तानको सीमाक्षेत्र पञ्जावको अटारी भन्ने स्थानमा ती सर्वसाधारण फसेका थिए ।

गर्ववती रहेकी पाकिस्तानी नागरिक निम्बु भाइकी श्रीमती चुङकीले गतहप्ता दुई देशको सीमानामा बच्चा जन्माएकी हुन् । पाकिस्तानको पञ्जाव प्रान्तको राजनपुर जिल्लाका बासिन्दा निम्बु भाइ र चुङकी भारतबाट आफ्नो देश फर्किंदै गर्दा सीमानामा नै बच्चा जन्मिएको हो ।

भारत तीर्थयात्रामा आएका ती पाकिस्तानी नागरिकहरु भारत पाकिस्तानको सीमानामा चाहिने आवश्यक कागजपत्रको कमीले गर्दा ७१ दिनदेखि सीमानामै फसेका थिए । जब चुङकीलाई सुत्केरी व्यथा लाग्यो भारतको पञ्जाव गाउँका महिलाहरुले सुडेनीको काम गरि उनलाई सुत्केरी हुन सहयोग गरेका थिए । ‘मेरो छोराको नाम बोर्डर हो । किन कि मेरो छोराको जन्म नै बोर्डरमा भएको छ, त्यसकारण हामीले यसको नाम बोर्डर राखेका छौं’ बच्चाका बुवाले भने ।

केहि महिना पहिले अफगानिस्तानमा तालिबानीहरुले देश कब्जा गर्दैगर्दा उनीहरुको डरले सो देशबाट भागेकी एक आमाले आकाशमा हवाईजहाज भित्रै एउटा बच्चा जन्माएकी थिइन् जसको नाम उनले स्काई अर्थात् आकास नै राखेकी थिइन् ।