काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी घोषणा र अवधारणा शनिबार सार्वजनिक गर्ने भएका छन् ।
महाधिवेशन उद्घाटन हुने अघिल्लो दिनसम्म कांग्रेस संस्थापनइतर समूहमा साझा उम्मेदवारीबारे सहमति नभएपछि सभापतिका आकांक्षीहरु दौडमा होमिएका छन् । सचिवालयले जनाए अनुसार सिंहले आफ्नो सम्पर्क कार्यालय एलम्बर पार्टी प्यालेसबाट अवधारणा सार्वजनिक गर्ने भएका हुन् ।
संस्थापनइतर समूहमा सिंहका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा शेखर कोइराला सभापतिका आकांक्षी छन् ।