• बैशाख ९ २०८२, मंगलवार

सभापतिको दौडबाट पछि हट्ने कुनै सम्भावना छैन : प्रकाशमान सिंह

मंसिर २३ २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोली (मंसिर २४ गते) हुनेछ भने पर्सि (मंसिर २५ गते) उम्मेदवारी दर्ताको समय तोकिएको छ । संस्थापनइत्तर पक्षमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल चलिरहेका बेला नेता सिंहले आफू सभापतिको दौडबाट पछि हट्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।

रामचन्द्र पौडेल समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने अझै टुंगो लागेको छैन । सहमतिका लागि प्रयास भइरहको बेला नेता सिंहले भने सभापतिमा दाबी कुनै हालतमा नछोड्ने बताएका हुन् ।