काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले विहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ । यस्तै बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने तयारी छ ।
सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको काँग्रेस स्रोतको भनाइ छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन् । देउवा र कोइराला निकट नेताहरुले भने सहमहामन्त्री थप्न दबाब दिरहेका छन् ।
आजको बैठकमा त्यो प्रस्ताव ल्याउने सम्भावना छ । काँग्रेसमा अहिले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री ९क्लस्टर० बाट हुने व्यवस्था छ । अब खुलाबाट थप दुई जना सहमहामन्त्री थप्ने तयारी छ ।
१४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । बिहीबारको बैठक वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ ।