• फाल्गुन २८ २०८२, बिहीबार

चुनाव हारेका थापालाई लिङ्देनले यसरी सान्त्वना दिइरहेछन्

मंसिर १९ २०७८, आईतवार

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्षहरुको सम्मानमा कुनै कमि हुन नदिने बताएका छन् ।
आइतबार विहान सकिएको मतगणनामा वर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेर हराएको भन्दै थापा नयाँ कार्यसमितिको सपथ ग्रहणमै गएनन् ।

अध्यक्षमा निर्वाचित लिङ्देनले भने थापा बिनाको राप्रपा आफूहरुले कल्पना आफूहरुले नगरेको बताए । पूर्वअध्यक्षहरु थापासँगै पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीबाट अभिभावकीय मात्र होइन, सक्रिय राजनीतिक भूमिकाको अपेक्षा गरेको भन्दै उनले भने, ‘नेतृत्व परिर्वतनको कुरा गरेको तपाईंहरुलाई राप्रपाबाट बाहिर राखौं भनेको होइन । ड्राइभर परिवर्तन गरौं मात्र भनेको हौं ।’

पार्टीले बोकेको विचारलाई जीवन्त राख्न थापाले देखाएको सक्रियतालाई कहिल्यै अवमूल्यन गर्न नसक्ने उनले बताए । अहिले पनि पार्टीमा थापाको उत्तिकै खाँचो रहेको भन्दै अध्यक्ष लिङ्देनले भने, ‘आज यहाँ हुनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो । म फेरि पनि विश्वास गर्छु, आगामी दिनमा हामी सँगै हुन्छौं ।’

यो पनि पढ्नुहोस् ।

  1.  राप्रपाका पदाधिकारीले खाए सपथ, थापा अनुपस्थित
  2. कमल थापाका भतिजा अभिषेक राप्रपामा नरहने