• फाल्गुन २८ २०८२, बिहीबार

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

मंसिर १९ २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा)को अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । २२७ मतको अग्रता लिँदै उनी विजयी भएका हुन् ।

अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

लिङ्देन एक हजार ८४४ मत ल्याएर वियजी भए । थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् । ४३१ मत बदर भएको छ ।