• फाल्गुन २८ २०८२, बिहीबार

एमसीसी पास गर्न संसद बैठक बोलाइँदै छ :  विप्लव

मंसिर १८ २०७८, शनिबार

विराटनगर । नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारले एमसीसी पास गर्नका लागि संसद बोलाएको बताएका छन् ।

अमेरिकामा मंसिर २७ गते एमसीसी कार्यान्यन समितिको बैठक बस्ने जानकारी आएको बताउँदै उनले एमसीसी पास गर्नका लागि सदन बोलाइएको आशंका व्यक्त गरे ।

विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी सम्झौता राष्ट्रियताको विरुद्ध छ, यसलाई पास गर्न हुँदैन तर सरकार टिकाउन पास गर्न खोजिँदैछ ।’

एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अमेरिकामा छलफल चलिरहेको भन्दै उनले संसद बैठक बोलाएर प्रधानमन्त्रीले पनि एमसीसीलाई जवरजस्ती पास गराउने तयारी गरिरहेको बताए ।