• जेष्ठ २ २०८३, शनिबार

सापकोटाको अध्यक्षतामा क्रान्तिकारी चलचित्रकर्मी संघ गठन

मंसिर १८ २०७८, शनिबार

काठमाडौँ । आज एक कार्यक्रमका बीच अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघ गठन गरिएको छ । विवेक सापकोटाको अध्यक्षतामा सो संघ गठन भएको हो । सो संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघको आंगिक संगठन हो । संघले काठमाडौँमा आज आफ्नो राष्ट्रिय भेला गर्दै ३१ सदस्यीय केन्द्रिय समिति गठन गरेको हो ।

राष्ट्रिय भेला आयोजक समितिका अध्यक्ष विवेक सापकोटाको अध्यक्षतामा भएको भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले दलाल पुँजीवादले सबै क्षेत्रका श्रमजीवीहरुलाई शोषण गर्ने भएकोले नेपालका चलचित्रकर्मी पनि शोषणमा परेको धारणा व्यक्त गरे । चलचित्र लगायत समाजका सबै तप्काको विकास हुनलाई नेपालमा वैज्ञानिक समाजवादी राज्य व्यवस्था नै चाहिने उनले बताए ।

भेलामा विशेष अतिथिको आशनबाट बोल्दै अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष माइला लामाले अहिले समाजमा रहेको निरासा तथा नैराश्यता चिरेर खुसी ल्याउने जिम्मा क्रान्तिकारी चलचित्रकर्मीहरुको काँधमा आएको बताए । अहिले चलचित्र उद्योगमा आएको मन्दी र बर्बादीमा नेपालको दलाल संसदीय व्यवस्था जिम्मेवार रहेको उनको भनाई थियो ।

कार्यक्रमलाई महासंघका महासचिव खेम थपलिया, अखिल नेपाल लेखक संघका केन्द्रिय अध्यक्ष शोभा दुलाल, अखिल नेपाल लोककलाकर्मी संघका केन्द्रिय अध्यक्ष ढुण्डीराज अधिकारी, कवि खेम आचार्य लगायतले सम्बोधन गरेका थिए । भेलाको बन्द सत्रमा महासंघका महासचिव थपलियाले समितिको प्यानल प्रस्ताव गरेका थिए ।

३१ सदस्यीय क्रान्तिकारी चलचित्रकर्मीहरुको केन्द्रिय समितिमा उपाध्यक्षहरु जीवी आग्री (कंचनपुर), कालु राना (सिराहा), अर्जुन भुषाल (नवलपुर), जीवन श्रेष्ठ (काठमाडौँ), महासचिव, संजोक राना (धादिङ्ग), सचिवहरु राजकुमार साने (जुम्ला), असोक कठायत (मोरङ), संजय थापा (काठमाडौँ), कोषाध्यक्ष, राहुल बराइली (सिन्धुपाल्चोक) रहेका छन्।

त्यस्तै सदस्यहरु सम्राट बस्नेत (धादिङ), बाबु बलामी (मकवानपुर), यादव वैरागी (काठमाडौँ), जेनिषा तामाङ (रामेछाप), पुर्णिमा मगर (गुल्मी), सगुन थापा (नुवाकोट), सोम तामाङ (नुवाकोट), हरि मल्ल ठकुरी (धादिङ), विशाल गुप्ता (नवलपरासी), उज्वल रावत (सिधुपाल्चोक), मनोज चौलागाईं (मकवानपुर्), सुवास देवकोटा (पाल्पा), रोबर्ट सिंह बडेला (कैलाली), वीर बहादुर लामा (ललितपुर), भुवन गोर्खाली (भक्तपुर), सिस्टर बिएम (गुल्मी), श्रवन कुमार थापा मगर (भक्तपुर), सामेल रसाइली (उदयपुर),नविन सिंह, रमेश बिशंखे र मेग पहाडी रहेका छन्।  क्रान्तिकारी चलचित्रकर्मीहरुको भेलालाई महासंघका केन्द्रिय सचिव कुशल बोगटीले संचालन गरेका थिए।