काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व एमालेका लागि मात्र नभई देशकै लागि आवश्यक रहेको बताएका छन् ।
सोमबार साँझ महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासेठले अहिले देशमा एमालेको विकल्प नरहेको र केपी शर्मा ओलीको नेतृत्व एमालेका लागि मात्र नभई देशकै लागि आवश्यक रहेको बताएका हुन् । उनले आफ्नो टिममा नपरेकाहरुलाई अबको तिनमहिना भित्र समेटने बताउदै भने, ‘केही साथी विभिन्न कारणले छुट्नु भएको छ, तर उहाँलाई समेट्ने काम हुन्छ । जति साथीहरु छुट्नु भएको छ, तपाईहरु हेर्नुहोला, तीन महिनाभित्र फेरि उहाँहरु संगठित भएर यही कमिटीमा आएर काम गर्नुहुन्छ ।’