• मंसिर १५ २०८१, शनिबार

माओवादीको कोहलपुर नगरसमितिको सम्मेलन चल्दै

मंसिर ११ २०७८, शनिबार

बाँके । नेकपा (माओवादी केन्द्र) ५ नम्बर प्रदेश अन्तरगत बाँके जिल्लाको कोहलपुर नगर समितिको सम्मेलन सुरु भएको छ । सम्मेलनको आज एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले उद्घाटन गरे ।

कार्यक्रममा माओवादी केन्द्रका अनुशासन विभागका सचिव अशोक रोकाय लगायतका अतिथिको पनि उपस्थिति थियो । कार्यक्रमको संचालन नगर कमिटी सचिव दानबहादुर वलीले गरेका थिए ।

कार्यक्रममा सहभागिहरुलाई वाइसिएलका गीता शाहीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सभापतित्व तुलराज विष्टले गरेका नगर समिति सदस्य ओपेन्द्रनाथ योगीले जानकारी दिए । सम्मेलनको बन्दसत्र १२ गते हुनेछ । बन्द सत्रले नयाँ नेतृत्वको चयन गर्नेछ ।