काठमाडौँ। सर्वोच्च अदालतमा आगामी बुधबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ । बिहीबार दिउँसो बसेको ‘फुलकोर्ट’ बैठकले आगामी बुधबार (मङ्सिर १५ गते)बाट गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको हो।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा भने उपस्थित थिएनन् । तर, प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठतम् न्यायाधीश रहने पेशी व्यवस्थापन निर्देशन समितिबाटै पेशी तोक्ने निर्णय भएको हो ।
त्यस्तै बैठकले योभन्दा अगाडि सर्वोच्चमा सुनुवाइको प्रक्रियामा रहेका, निर्णय हुन बाँकी, हेर्दा हेर्दैका मुद्दा र निर्णय सुनउन भनेर राखिएका मुद्दा गोलाप्रथा प्रक्रियाबाटै जाने सर्वोच्चले जनाएको छ।