काठमाडौँ । दसैँ अर्थात असोज ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा २’को निर्माण टिम हङकङ पुगेको छ । चलचित्रको केही महत्त्वपूर्ण दृश्यहरूको छायाङ्कन गर्न अभिनेता पल शाह, निर्देशक चन्द्र पन्त, अभिनेत्री रिश्ता गुरुङसहितको टोली हङकङ पुगेको हो ।
हङकङमा हुने सम्पूर्ण छायाङ्कन व्यवस्थापन तथा लाइन प्रोडक्सनको सम्पूर्ण जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ। हङकङका विभिन्न रमणीय तथा व्यस्त स्थानहरूमा फिल्मका मुख्य दृश्यहरू खिचिने निर्माण पक्षले जनाएको छ।
कथाको मागअनुसार प्रवासी परिवेश र परदेशी जीवनको यथार्थलाई पर्दामा उतार्न निर्माण टिमले हङकङको सेड्युल तय गरेको निर्देशक चन्द्र पन्तले बताए ।
फिल्ममा पल शाह र रिश्ता गुरुङका साथमा बिपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको मुख्य अभिनय रहेको छ।
रोशन भट्ट र चन्द्र पन्तको लेखन तथा करण सिंह कार्यकारी निर्माता रहेको यो फिल्म आरआर फिल्मस्ले नेपालभर वितरण गर्दैछ।