• भाद्र ३० २०८३, मंगलवार

हिमाली क्षेत्रमा मंसिरभित्रै शैक्षिक सत्र सम्पन्न गर्ने क्यालेन्डर बनाउन सांसद बुढाकाे माग

भाद्र ३० २०८३, मंगलवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद धनबहादुर बुढाले डोल्पा लगायतका हिमाली क्षेत्रको शैक्षिक क्यालेन्डर फेर्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले क्यालेन्डर परिमार्जन गरी मंसिरभित्रै शैक्षिक सत्र सम्पन्न गर्ने व्यवस्थाको माग गरेका हुन् ।

उनले स्कुल, क्याम्पसलाई व्यवस्थित गर्न पनि माग राखे । शिक्षक दरबन्दीमा विद्यार्थीको संख्या मात्रै नभएर भौगोलिक विकटतालाई आधार बनाउन पनि सरकारसँग माग राखे ।