• भाद्र २५ २०८३, बिहीबार

विवादास्पद अभिव्यक्तिपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भाद्र २५ २०८३, बिहीबार

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले जानकारी दिए।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यानाकर्षण गराएका थिए ।