• भाद्र ९ २०८३, मंगलवार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको अध्यक्षमा मञ्जिला र महासचिवमा दाहाल चयन

भाद्र ९ २०८३, मंगलवार

२०८३ भदौ ८, काठमाडौं । राजधानीमा हिजो सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छिन् ।

अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा आयोजित चुनावी सभामा सम्पन्न मतदानबाट निर्वाचित अध्यक्ष मन्जिला अनिल आगामी दुई वर्ष (सन् २०२६–२८) को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएकी हुन् ।
चुनावी साधारण सभा अनेसास केन्द्रीय समितिबाट पर्यवेक्षक तथा प्रतिनिधिका रूपमा उपस्थित केन्द्रीय सचिव ऋषभदेव घिमिरे, पूर्वकेन्द्रीय सल्लाहकार प्रा.डा खगेन्द्र लुइंटेल, पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार प्रतीक ढकाल, नेपाल च्याप्टरका सल्लाहकार महेश पौडेल, डा. रामप्रसाद दाहाल नेपाल च्याप्टरका पूर्वअध्यक्ष सन्ध?या पहाडी लगायत आजीवन सदस्यहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको थियो ।
अध्यक्षबाहेक अन्य सबै पदका लागि उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएका हुन् । यसरी निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्षमा कमला वली, उपध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्षमा कमला रिसाल छन् ।

यसैगरी कार्यसमिति सदस्यहरूमा क्रमशः साहित्यकारहरु रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाइँ, केवला भट्टराई, देवेन्द्र पराजुली, सुषमा आचार्य, उषा केसी, डीआर राई, शान्ति न्यौपाने रिसाल र इन्दिरा ढकाल छन् ।

नयाँ कार्यसमितिको निर्वाचनसँगै निवर्तमान अध्यक्ष राजेन्द्र केसीको नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ । अब नवनिर्वाचित कार्यसमितिले दुई जना कार्यसमिति सदस्य तथा केही सल्लाहकार मनोनित गर्ने छ । समितिको कार्यकाल दुई वर्षको रहनेछ ।