• मंसिर ४ २०८३, बिहीबार

चिनियाँ आकाशमा विद्युतीय जहाज : दुनियाँ पर्याे चकित

मंसिर ३ २०८३, बुधबार

चिनियाँ विद्युतीय हवाइजाजले आकाशमा सफलतापूर्वक उडान भरेको छ । यसले ‘ग्रिन इनर्जी’ को प्रयोगमा नयाँ अध्याय सुरु भएको शुभ संकेत गरेको छ । विज्ञान तथा प्रविधिमा एकपछि अर्को गरी सफलता हासिल गरिरहेको चीनका लागि विद्युतीय हवाइजहाजको सफल परीक्षण उडान सबैका लागि आशाको केन्द्र बनिरहेको छ ।

यसको परीक्षण उडान कमर्सियल एयरक्य्राफ्ट कर्पोरेसन अफ चिनियाँ (कोम्याक) ले गरेको हो । इलेक्ट्रिक कमर्सियल विमान सीई–२५ एले शनिबार बिन्झाउमा पाइलटसहितको परीक्षण उडान सम्पन्न गरेको थियो ।

यस अघि पटकपटक विनापाइलट परीक्षण उडान सफल गरिसकेपछि मात्र पाइलटसहित यो उडान भरिएको थियो । प्रविधिमा ढुक्क भइसकेपछि गरिएको यो उडानले रिन्युएबल इनर्जीको भविष्य असिमित रहेको पुष्टि पनि गरेको छ ।

हालैको विद्युतीय उडान सामान्य र रहरलाग्दो रहेको परीक्षण उडानमा रहेका सहभागीले जनाएका छन् । उडानका क्रममा विमानमा दुई पाइलट र एकजना इन्जिनियर सहभागी थिए । विमान उडानले आशा गरिएजसरी काम गरेको थियो ।

विमानका सबै पर्फर्मेन्स इन्डिकेटरहरुले राम्ररी काम गरिरहेका थिए । यसखाले सफल उडानपछि घरेलु हवाइयातायातमा ठूलो क्रान्ति आउने आशा गरिएको छ । जनताले पनि सुरक्षित उडानमा विद्युतीय जहाज रोज्न र यात्रा गर्न इच्छा जाहेर गरिसकेका छन् ।

निर्माण अवधिकै क्रममा अन्तर्सहरी व्यावसायिक उडानको उद्देश्य राखेर यसखाले जहाजको डिजाइन गरिएको थियो । विद्युतीय जहाज सीई–२५ एले १९ जनासम्म यात्रु बोक्न सक्ने क्षमता राख्छ । यसले बोक्न सक्ने कूल तौल भनेको १० टन हो ।

यो जहाज प्रतिघण्टा ३ सय किलोमिटरको गतिमा उड्छ । योे परीक्षण उडानका क्रममा २४ सय मिटर उचाइसम्म पुगेको थियो । यसको रेन्ज ४ सय किलोमिटर रहेको कोम्याकले पष्टि गरेको छ ।