काठमाडौँ । आगामी असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रम बिच सार्वजनिक गीतमा कलाकार जितु नेपाल र प्रियाना आचार्य फिचरिङ छ ।
श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीतमा शब्द विष्णु नेपाल नेपालीको छ । गीतमा संगीत संकेत अगस्तीले दिएका छन् ।
फिल्ममा जितु र प्रियानाकाका अलवा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारहरूको अभिनय छ ।
डम्बर राईको कथामा निर्माण भएको यस फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन् । फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन् ।
बाल कुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको यो फिल्मको कार्यकारी निर्मातामा भने अनन्त राई रहेका छन् । डम्बर राईको डिओपी र नारायण गुरुङको छायाङ्कन रहेको फिल्म सन्देश शाहले सम्पादन गरेका हुन् ।