• जेष्ठ ४ २०८३, सोमबार

सुनवाला मन्त्रीहरूकाे सुनकाे बिल सार्वजनिक गर्न एमाले सांसदकाे माग

जेष्ठ ४ २०८३, सोमबार

काठमाडौँ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका उठेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले बिल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।

‘सरकारका मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ? बिलबिना सुन किनबेच हुँदैन, बिल सार्वजनिक गर्न माग गर्छु’ उनले भनिन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को परिवारसँग मात्रै १८९ तोला सुन रहेको विवरणमा उल्लेख छ । अरू सबैजसो मन्त्रीको समेत ठुलो मात्रामा सुनको सञ्चिति देखिएको छ ।