काठमाडौँ । काठमाडौँको कीर्तिपुरबाट प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित ३ जनालाई पक्राउ गरेको छ ।
किया कम्पनीको गाडी र स्रोत नखुलेको १४ लाख रकमसहित आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।
पक्राउ पर्नेमा अर्घाखाँची घर भएका २८ वर्षीय चिरञ्जीवी पौडेल, धनुषा घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल र चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ छन् ।
उनीहरुले भन्सार छलेर ल्याएको बा२४ च ३२९३ नम्बर उल्लेखित गाडी बरामद गरिएको एसएसपी रजौरेले जानकारी दिए ।