• बैशाख २७ २०८३, आईतवार

एमालेलाई दान दिएको जग्गासम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

मंसिर ७ २०८१, शुक्रबार

काठमाडाैं । सर्वोच्च अदालतमा विचाराधीन रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशद्वय डा। कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा शुक्रबार पेशी चढेको मुद्दामा दुवैपक्षलाई अन्तरिम अलृपकालिन आदेशलाई निरन्तरता दिने नदिने भन्ने सम्बन्धमा पेसी तोकिएको थियो ।गएको कार्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले जग्गासम्बन्धी प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १0 रोपनी १४ आना प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले एमालेको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका थिए । सो शिलान्यासपछि प्रधानमन्त्री ओलीले स्वार्थ बाझिनेगरी पार्टीका लागि जग्गा दान स्वीकारेको आरोप खेप्दै आएका छन् ।

सार्वजनिक आलोचनापछि ज्ञानबहादुर बस्नेतसहित व्यक्तिहरूले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।