• जेष्ठ १ २०८३, शुक्रबार

बालेनले प्रधानमन्त्री ओलीमाथि लगाएका आरोपबारे बोल्न आवश्यक छैन: शंकर

भाद्र २० २०८१, बिहीबार

नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोपबारे बोल्न आवश्यक नभएको बताएका छन् ।

बिहीबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्री ओलीमाथि बालेनले लगाएका आरोपबारे सम्बन्धि निकायले नै पुष्टि गर्ने भएकाले बोल्न आवश्यक नरहेको बताएका हुन् ।

ुबालेनले लगाएको आरोप प्रधानमन्त्री ओलीसँग जोड्न आवश्यक छैन । आरोपबारे सम्बन्धित निकायले नै पुष्टि गर्छ,ु उनले भने ।

फरक प्रसंगमा महासचिव पोखरेलले २०८४ को निर्वाचनमा एमाले ठूलो पार्टी बन्ने दाबी गरे । ०८४ को निर्वाचनमा एमाले देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएरै छोड्छ, उनले भने ।

महासचिव पोखरेलले युवाहरूमा निकै निराशा पलाएको र ती निराशालाई चिर्न राज्य तयार हुनुपर्ने बताए ।