• जेष्ठ १ २०८३, शुक्रबार

एमाले पोलिटब्युरो बैठक जारी

भाद्र १९ २०८१, बुधबार

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा मंगलबार महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले आ(आफ्नो सुझाव दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनका अनुसार प्रत्येक पोलिटब्युरो सदस्यलाई सुझाव दिन तीन मिनेटको समय छुट्टाइएको छ । पोलिटब्युरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने छ ।