• जेष्ठ १ २०८३, शुक्रबार

वन मन्त्रालय स्विकार्दिन, कुरा नमिले राजीनामा दिन्छु : मनाङे

भाद्र १७ २०८१, सोमबार

काठमाडौँ । मन्त्रालय परिवर्तन भएपछि गण्डकीका स्वतन्त्र प्रदेश सांसद तथा मन्त्री दीपक मनाङेको असन्तुष्ट बनेका छन् ।

यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो । त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममै गएनन् ।

उनले वन मन्त्रालय नस्विकार्ने बताए । ‘वन मन्त्रालय मैले स्वीकारेको छैन । मुख्यमन्त्रीज्यूसँग कुरा गर्दैछु’ उनले रातोपाटीसँग भने । कुरा नमिले राजीनामा दिने उनको चेतावनी छ ।