• जेष्ठ १ २०८३, शुक्रबार

सिमलतालमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा ३ जना घाइते

भाद्र १६ २०८१, आईतवार

काठमाडौं  ।  चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ग२ख ११०८ नं. को आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ए आर ०१ टी ६३७२ नम्बरको बस ठोक्किएका हुन्।

ट्रकमा  सवार तीनैजनालाई उपचारका लागि भरतपुर लगिएको छ । बस चालक फरार रहको जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले जानकारी दिए।