काठमाडौं । बाँकेमा भएको बस दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दाङबाट नेपालगञ्ज जाँदै गरेको भे. १ ख २१२८ नम्बरको बस कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा बिहान सवा ११ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए।
जानकी गाउँपालिका-६ कोठारपुरमा बस सडकमै पल्टिएको थियो । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।