• जेष्ठ १ २०८३, शुक्रबार

नेपाली सेनाको प्रधान सेनापतिमा सिग्देल नियुक्त

भाद्र १२ २०८१, बुधबार

नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधान सेनापतिमा सिग्देललाई नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी सरकारको सिफारिसमा २४ भदौदेखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा सिग्देललाई नियुक्त गरिएको जनाएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले २४ भदौदेखि अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलन अनुसार प्रधान सेनापति शर्मा हाल बिदामै छन् । शर्मा बिदामा बसेपछि अहिले नेपाली सेनाको कामु प्रधान सेनापतिको जिम्मेवारी सिग्देलले नै सम्हालिरहेका छन् ।