• जेष्ठ १ २०८३, शुक्रबार

काठमाडौंको शंखमूलमा एक पुरूषको हत्या

भाद्र १० २०८१, सोमबार

काठमाडौं । शंखमुलमा एक पुरूषको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि पुल हाउसमा एकजना पुरुषको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हत्या गरिएका व्यक्तिको नाम रूपक बान्तवा रहेको खुलेको छ ।

उनको अनुहारभरी चोट रहेको पनि एसपी अधिकारीले जानकारी दिए । अन्य विषय भने नखुलेको उनले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।