• जेष्ठ १ २०८३, शुक्रबार

दोरम्बामा पहिरो: दुईको मृत्यु ८ जना बेपत्ता

भाद्र ९ २०८१, आईतवार

काठमाडौं । रामेछापमा अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । घटनामा ८ जना बेपत्ता भएका छन् । दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेखखर्कमा गएराति पहिरोले चारवटा घर बगाएको थियो । पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्को एक घर बगाएको बताइएको छ ।

पहिरोमा पुरिएका मध्ये २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए । प्रहरीले शव फेला परेकाहरुको पहिचान हुन बाँकी रहेको जनाएको छ ।

पहिरोमा ज्यान गुमाउनेमा भीमबहादुर थापाकी छोरी चण्डिका थापा मगर र करिब एक वर्षको नाबालक छोरा रहेको बताइएको छ । एक बालकले भने भागेर ज्यान जोगाएका छन् ।

दोरम्बा शैलुङको वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने अधेरी खोलाको पक्की पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत क्षतिग्रस्त भएकाले उद्धारमा समस्या भएको बताइएको छ ।