काठमाडौँ । ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम तीव्र गतिमा भइरहेको छ । चार सय ५५ मिटर लम्बाइको फ्लाइ ओभरमा ग्राउन्ड क्लियरेन्स ६ मिटर हुने जनाइएको छ ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डको ग्वार्को चोकमा १७ करोड ३७ लाख रुपैयाँ लगानीमा फ्लाइओभर निर्माण कार्यलाई तीव्रता दिइएको हो ।
फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि दायाँतर्फ एक सय ८० मिटर र बायाँतर्फ एक सय १० मिटर र्याम्प निर्माण गरिँदैछ ।