काठमाडौ । तनहुँको आवुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदीमा बस खसेको छ । करिब साढे ११ बजेतिर बस खसेको प्रहरीको भनाइ छ । नदीमा देखिएको बसको आधा भाग हेर्दा भारतीय हो कि भन्ने प्रहरीको आशंका छ ।
अहिले कुरिनटारबाट खटिएको गोताखोर टोलि, नेपाली सेनो र आवुखैरेनीको प्रहरीसहित करिब ५०-६० जना सुरक्षाकर्मी उद्धारमा खटिएको एसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए । बसमा कति यात्रु थिए र बस कहाँबाट आएको हो भन्ने यकिन हुन नसकेको पनि शाहीले बताए ।