काठमाडौं । आज जनैपूर्णिमाको अवसरमा पाटनको कुम्भेश्वर मन्दिरमा मेला लागेको छ । गोसाइँकुण्डको पानी यहाँ आउँछ भन्ने जनविश्वास रहेको छ ।
जसका कारण जनैपूर्णिमामा यहाँ मेला लाग्ने गरेको छ । आज पनि कुम्भेश्वरमा भक्तजनहरूको घुइँचो लागेको छ ।गोसाइँकुण्ड जान नसक्नेहरू कुम्भेश्वर पुगेर पूजाआज गर्दा पुन्य प्राप्त हुने जनविश्वास छ । जसका कारण यो दिन यहाँ मेला लाग्ने गरेको छ ।