बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ ।साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जानकारी गराएको हो ।
मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार भदौ ४ गते मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ । बागमती सरकारले गाईजात्राका दिन बिदा दिने निर्णय गरेको हो ।