• जेष्ठ १ २०८३, शुक्रबार

  कपनमा जुवा खेल्ने नौ जना पक्राउ

भाद्र २ २०८१, आईतवार

काठमाडौं । काठमाडाै‌ महानगरपालिका–६ कपनको सरस्वतीनगरमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन् । उद्दवराज हमालको कोठामा जुवातास खेलिरहेका ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद ३९ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।