• जेष्ठ १ २०८३, शुक्रबार

काम नगरेकालाई कारबाही गर्दा नाराजुलुस गर्दै हिँडे : मन्त्री भण्डारी

श्रावण ३२ २०८१, शुक्रबार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कान नगर्ने संस्थालाई कारबाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्रीले भण्डारीले वैदेशिक रोजगारीमा जानु अघि श्रमिकलाई पूर्व प्रस्थान तालिम दिने संस्थालाई कारवाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका हुन्। ।

वैदेशिक रोजगार विभाग र मातहतका निकायबाट गरिएको अनुगमनको क्रममा पढाउँदै नपढाइ हाजिरी मात्रै गरेको देखिएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारबाही गरेको थियो। कार्बाही गर्दै उनीहरूलाई निलम्बन गरेको थियो ।

कारबाहीमा परेकाहरूले कारबाही फुकुवा माग गर्दै उनीहरूले नारा जुलुस गर्दै हिँडेको मन्त्री भण्डारीले बताए । ‘अनुगमनको क्रममा टेबल कुर्सी समेत नरहेको भेटिएको थियो । त्यसपछि हामीले कारबाही गर्यौ । कारवाही गरेपछि स्पष्टीकरणका लागि समेत अवसर दिएका थियौँ । तर, कसैले पनि चित्तबुझ्दो जवाफ दिनुभएन । अहिले नाराबाजी गर्दै हिँड्नुभयो,’ मन्त्री भण्डारीले भने ।