• जेष्ठ १ २०८३, शुक्रबार

शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि विज्ञापन खुला गर्यो

श्रावण ३२ २०८१, शुक्रबार

साउन, ३२ गते काठमाडौ । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि विज्ञापन खुला गरेको छ । आयोगले प्राथमिक तह, निम्न माध्यमिक तह, माध्यमिक तह प्रथम र द्वितीय श्रेणी शिक्षक बढुवाको विज्ञापन खुला गरेको हो ।

शिक्षक सेवा आयोगको मिति २०८१ साउन ३१ को निर्णयानुसार प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीका लागि बढुवाद्वारा शिक्षक पद पूर्ति गर्नुपर्ने भएकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भरी विज्ञापनमा तोकिए बमोजिमको आवश्यक कागजातहरू संलग्न राखी सम्बन्धित जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय एकाइ मार्फत कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरिने (७५ प्रतिशत) को विज्ञापनका हकमा मिति २०८१ असोज ०३ गतेभित्र दरखास्त दिनुहुन आह्वान गरेको छ ।

साथै आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवा विज्ञापनको हकमा सिङ्गल दस्तुरका लागि मिति २०८१ भदौ ३० गते राति १२.०० बजेभित्र र दोब्बर दस्तुरका लागि २०८१ असोज ०६ गते रातिको १२.०० बजेभित्र आयोगकाे https://online.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिनसकिने छ ।

तोकिएको म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन । सूचना तथा विज्ञापनको विस्तृत विवरण आयोगको वेवसाइट  https://tsc.gov.np/बाट प्राप्त गर्न सकिनेछ ।